टम दम्पत्तीलाई कोरोना पोजिटिभ

सिड्नी(एजेन्सी) । कोरोना भाइरसको असर विश्वव्यापी रुपमा देखिन थालेको छ । यसको असर अब फिल्म सेलिब्रेटीलाई पनि देखिन थालेको छ । हलिउड अभिनेता टम हेंक्स र उनकी श्रीमति रीटालाई कोरोना पोजिटिभ देखिएको छ ।

यो जोडी हाल अस्ट्रेलियामा फिल्मको सुटिङमा छन् । सुटिङ भइरहँदा उनीहरुको शरीरमा समस्या भएको थियो । शरीरमा चिसोपन हुने र शरीरमा पसिनाको मात्रा बढेपछि उनीहरुले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य जाँच पछि दुवैलाई कोरोना पोजिटिभ देखिएको थियो । यो कुराको टमले अफिसियिल इन्स्टाग्राम एकाउन्टमा जानकारी दिएका छन् ।

‘नमस्कार साथीहरु, रीटा र म यहाँ अस्ट्रेलियामा छौं । हामीलाई हल्का थकान महशुस भइरहेको छ । हामीलाई चिसोपना पनि बढेको छ । शरीरमा दुखाई छ । हल्का रुघा पनि छ । हामी कोरोना भाइरसको टेस्टका लागि गयौं र हामीलाई पोजिटिभ देखिएको छ’, उनले लेखेका छन्, ‘हामीले मेडिकल अफिसियलद्वारा जारी प्रोटोकल फलो गरेका छौं । हामी केही समयसम्म आम मानिसबाट टाढा रहन्छौं । हामी हाम्रो स्वास्थ्यबारे नियमित जानकारी गराइरहनेछौं ।’

टम कास्ट अवे, फरेस्ट गम्प र द टर्मिनल जस्ता फिल्मका लागि चिनिएका अभिनेता हुन् ।