सलमान र ऋतिकले रद्द गरे अमेरिकी यात्रा

मुम्बई(एजेन्सी) । चीनबाट विश्वभरी फैलिएको कोरोना भाइरसको असर सेलिब्रेटीको पूर्व निर्धारित कार्यक्रममा पनि परेको छ । यो खतरनाक भाइरसका कारण बलिउड अभिनेता सलमान खानले अमेरिका र क्यानाडामा ३ अप्रिल देखि १२ अप्रिलसम्म गर्न लागेको कन्सर्टलाई रद्द गरेका छन् । सलमानको कन्सर्ट अटलान्टा, न्यू जर्सी, डेट्राइट, बोस्टन, टोरन्टो, ह्युस्टन, डलास, सेन जोस र सिएटललगायतका शहरमा हुने कार्यक्रम थियो ।

त्यस्तै अर्का अभिनेता ऋतिक रोशनले पनि अमेरिकामा गर्न लागेको नौ दिवसिय भ्रमण हाललाई रोकेका छन् । उनको अमेरिका भ्रमण १० अप्रिलबाट शुरु हुने तयारी थियो । यो यात्रामा ऋतिक शिकागो, न्यू जर्सी, वाशिङ्टन, सान जोस, डलास, अटलान्टामा जाँदैथिए । सलमान र ऋतिकले हाल नयाँ कन्सर्टको र यात्राको नयाँ तारिख सार्वजनिक गरेका छैनन् ।