एघार महिना पछाडि धकेलियो फास्ट एण्ड फ्युरियस

लसएन्जल्स(एजेन्सी) । कोरोना भाइरसको महामारीका कारण ‘फास्ट एन्ड फ्यूरियस’ फ्रेन्चाइजीको नवौं फिल्मको रिलिज मिति सरेको छ । यो बहुप्रतिक्षित फिल्म आगामी मे २२ मा रिलिज हुने तयारीमा थियो । तर पारामाउन्टका अधिकारीहरुले मार्च १२ मा फेसबुकमा फिल्मको रिलिज एघार महिना पछि गर्ने घोषणा गरे ।

‘हामी आउने संस्करणको लागि सबैको प्रेम र व्यग्र प्रतिक्षालाई बुझ्न सक्छौं । त्यसकारण विशेष रुपले यो कुरा भन्न हामीलाई गाह्रो भइरहेको छ कि हामीले फिल्म रिलिज मितिलाई धेरै अगाडि पु¥याउने निर्णय गरेका छौं । विश्वभरीका प्रशंसकका लागि हामीले मेमा फिल्म देखाउन असमर्थ भयौं’, पारामाउन्टले फेसबुकमा लेखेको छ, ‘यो कुरा थाहा हुँदा हुदै पनि लामो समय फिल्मको पर्खाइले निराश बनाउन सक्छ । तर हामीले दर्शकको पनि सुरक्षाको ख्याल गर्नुपर्ने छ ।’