गम्भीरलाई के दिइन् उषाले

काठमाडौं । टेलिफिल्म ‘सक्किगोनी’मा क्रकोजकी गर्लफ्रेण्डको रुपमा अभिनय गरिरहेकी उषा उप्रेती र कोरियोग्राफर गम्भिर विष्ट अभिनित म्युजिक भिडियो ‘फूल दिन्छौँ भन्थ्यौं’ सार्वजनिक भएको छ । वैदेशिक यात्राले सम्बन्धमा ल्याएको दरारलाई भिडियोमा देखाइएको छ ।

बालकुमारी घिमिरेको शब्द तथा डैनी निरौलाको संगीतमा रहेको गीतमा गायक विश्व नेपालीको स्वर रहेको छ ।

ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन तथा रंग संयोजन छ भने गम्भीर विष्टको निर्देशन छ ।