लोकदोहोरीमा कोरोना भाइरस

काठमाडौं । संसारभर महामारीको रुपमा आएको कोरोना भाइरसको बारेमा सचेतनामुलक लोक दोहोरी गीत ‘कोरोना’ सार्वजनिक भएको छ । कोरोना भाइरसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश लिएर डि.ए.आर मुभिजले सन्देशमुलक गीत सार्वजनिक गरेको हो ।

गीतमा स्वर प्रभावन जे र सिता थापाको रहेको छ भने शब्द संकलन माधव थापाको रहेको छ । विष्णु तामाङ संगीत संयोजन रहेको गीतको सम्पादन कृष्ण गौतमले गरेका छन् भने राजाराम गौतम र श्रवण कुमार मिश्रले भिडियो निर्माण गरेका छन् ।

गोविन्दराम दाहाल, इश्वरी दाहाल, रमा दाहाल, श्रीराम दाहाल र नमराज ढुंगानाले समन्वयमा गीत निर्माण गरिएको डि.ए.आर मुजिले जानकारी दिएको छ । गीतलाई संचार माध्यमले निशुल्क जिंगलको रुपमा पनि प्रयोग गर्न पाउने गरि निर्माण गरिएको डि.ए.आर मुभिजका प्रभावन जेले बताए ।