टिभी फिल्मीमा दैनिक चार फिल्म

काठमाडौं । टिभी फिल्मीले अब दैनिक चार वटा नेपाली फिल्म देखाउने भएको छ । टिभीले बिहीबारबाट दैनिक चार पटक फरक–फरक फिल्म देखाउन लागेको स्टेशन म्यानेजर विष्णु सुबेदीले बताए । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले घरमै बसीरहेका आम नेपालीको मनोरञ्जनका लागि ‘टिभी फिल्मी’ले दैनिक चारवटा फिल्म देखाउने निर्णय गरेको जनाइएको छ । सुबेदीका अनुसार हरेक दिन बिहान ६ः३० बजे, बिहान १० बजे, दिउसो १ः३० बजे र राती ८ बजे ‘टिभी फिल्मी’ले फिल्म देखाउने छ ।

केही दिनमा लकडाउन खुले पनि २०७७ बैशाख १८ गते सम्म फिल्म हलहरु बन्द रहने भएकोले दर्शकको मनोरञ्जन प्राप्तीको अधिकारको सम्मान गर्दै यस्तो निर्णय लिइएको समेत स्टेशन म्यानेजर सुबेदीले जनाएका छन् ।

साथै इन्टरनेटको खपत बढेकोले स्लो हुनुका साथै भिडियो स्ट्रीमिङ साइटहरुले भिडियो क्वालिटि समेत घटाइरहेको अवस्थामा चलचित्र हेर्ने दर्शकहरुका लागि टिभी फिल्मी उपयुक्त माध्यम हुने बिश्वास समेत सुबेदीले लिएका छन् ।

स्याटेलाइट प्रसारणमा रहेको देशको एकमात्र फिल्मी च्यानल ‘टिभी फिल्मी’ केही समयमै एचडी प्रसारणमा अपग्रेड हुँदैछ ।