भित्रभित्रै मुटुमा प्रविशा

काठमाडौं । गायिका प्रविशा अधिकारीको स्वर रहेको ‘भित्र भित्रै मुटु’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कोहिसन गुरुङको शब्द र वाङछिरिङ भोटियाको संगीत छ ।

गीतमा विक्रम कार्कीको एरेन्ज र मिक्सिङ छ । भिडियोको लिरिकल इडिट गुरु अनलाइनले गरेको हो । लिरिकल भिडियो गुरु अनलाइन टिभीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियोमा कोरियन कलाकारको फुटेज जोडिएको छ ।