लकडाउन कविता लेख्नुहोस्, एक लाख जित्नुहोस्

काठमाडौं । यतिबेला संसारभर कोभिड १९ अर्थात कोरोना भाइरसको त्रास छ । यो भाइरसका कारण विश्वभर हजारौंको ज्यान गइसकेको छ । धेरै देशका नागरिक सडकमा खुलमखुल्ला हिड्न सकिरहेका छैनन् ।

नेपालको अवस्था पनि त्यस्तै छ । लक डाउनका कारण लगभग १० दिनदेखि नेपालबन्द छ । नेपालभरका नागरिक अहिले घरको मुख्य गेट बन्द गरेर घर भित्र थुनिएका छन् । यसै सन्दर्भमा ‘मझेरी द लकडाउन कविता प्रतियोगीता’आयोजना हुने भएको छ । एस आर विएन मिडियाले आयोजना गरेको प्रतियोगीतामा संसारभरबाट नेपालीहरुले भाग लिन सक्नेछन् ।

आफैले रचना गरेको कवितावाचन गरेको भिडियोलाई क्यामेरा अथवा मोबाइलले खिचेर एसआरविएन मिडियाको आधिकारिक इमेल majheripoetry@gmail.comमा पठाउनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले पच्चिस हजार प्राप्त गर्नेछन् । प्राप्त भिडियोबाट टप १० लाई फाइनल प्रतिस्पर्धा गराइने आयोजक संस्थाका सिइओ विपिनकुमार आचार्यले जानकारी दिए । कार्यक्रमको फाइनल लक डाउन सकिएलगत्तै गर्ने आयोजकको तयारी छ ।