युट्युबमा जयकिशनको हिरो नं. १

काठमाडौं । नायक, निर्माता तथा निर्देशक जयकिशन बस्नेतले निर्माण गरेको फिल्म ‘हिरो नं. १’ डिजिटल माध्यम युट्युबमा सार्वजनिक भएको छ । नायक बस्नेतकै लेखन, निर्माण तथा निर्देशन र मुख्य अभिनय रहेको फिल्म मोबाइल टिभी च्यानलमार्फत सार्वजनिक भएको हो ।

जयकिशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममा नायक बस्नेतको साथमा एलिना रायमाझी, जाहन्वी बस्नेत, संघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा तारावीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, विनोद सापकोटाको छायांकन, जयकिशन बस्नेत र किशोर थापाको नृत्य, सुदिप पाण्डेको सम्पादन रहेको छ । फिल्मको प्रस्तुतकर्ता जाहन्वी बस्नेत र ब्रबिम बस्नेत हुन् ।