इन्स्टाग्राममा सनीको लाइभ शो

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री सनी लियोनीको फ्यान विश्वभरी छन् र उनलाई आफ्ना फ्यान कसरी भए भन्ने राम्रै थाहा छ । सामाजिक सन्जालमा सक्रिय रहने सनीले आफ्नो फ्यानका लागि एउटा सरप्राइज दिँदैछिन् । आम मानिसहरु कोरोना भाइरसका कारण लकडाउनमा परेपछि घरमै बसिरहेका छन् । उनले यही मौकामा आफ्नो सामाजिक सन्जालमा एक च्याट शो चलाउने तयारी गरिरहेकी छन् ।

उनको च्याट शोले उनका फ्यानलाई खुशी मात्र दिने छैन, एउटा रिल्याक्सको वातावरण बनाउनेमा पनि उनी ढुक्क छिन् । अहिले लकडाउनको समयमा अधिकांश सेलिब्रेटीहरु घरभित्रै बसेर विभिन्न काम गरिरहेको भिडियो सामाजिक सन्जालमा राखिरहेका छन् ।

यो भन्दा अलग रहेर सनी आफ्नो च्याट शोमा सेलिब्रेटीलाई सहभागी गराउनेछिन् । सनीले यो शो आफ्नो इन्स्टाग्राम एकाउन्टबाट लाइभ गर्नेछिन् । उनको यो च्याट शो हरेक दिन दिउँसो २ः३० मा हुनेछ ।