पाकिस्तानमा कोरोनाबाट ज्यान गुमाउनेको छुट्टै चिहान

इस्लामावाद(एजेन्सी) । कोरोना भाइरसका कारण पाकिस्तानमा मृतकको संख्या बढ्न थालेपछि त्यहाँको सरकारले मृतकको चिहान बनाउन छुट्टै स्थान निर्माण गरेको छ । कोरोनाका कारण ४० बढीको संख्यामा पाकिस्तानी नागरिकको निधन भएपछि त्यहाँको सरकारले कराँचीमा ९० हेक्टर जमिनलाई सद्गतको थलो बनाएको हो ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कराँचीको बिन कासिम टाउन इलाकाको उक्त जग्गा चिहान बनाउनका लागि छुट्याइएको हो । यो स्थानमा मानिसलाई पुर्नका लागि खाल्डो तयारी अवस्थामा राखिएको छ । जसकारण कोरोनाका कारण ज्यान गुमाउने मानिसलाई चाँडो भन्दा चाँडो गाड्दा संक्रमण नफैलोस् भन्ने रणनीतिमा स्थानीय सरकार छ ।

कराची प्रशासनले कोरोना भाइरसका कारण ज्यान गुमाउनेलाई अन्य स्थानमा गाड्नलाई रोक लगाएको छ । पाकिस्तानमा भाइरसका कारण ज्यान गुमाउनेलाई कफिनमा राखेर सद्गत गर्ने छलफल पनि भएको थियो ।