फिल्मका प्राविधिकलाई राहत

काठमाडौं । नेपाली फिल्ममा कार्यरत प्राविधिक, सहायक तथा कलाकारहरुलाई आइतबार राहत वितरण गरिएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा उद्योग मन्त्री लेखराज भट्ट र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालगायत महासंघका पदाधिकारीको उपस्थितिमा कोरोना भाइरसविरुद्ध नेपाल उद्योग वाणिज्य महासंघको सहयोग अभियान २०२० अन्तर्गत सुकुम्बासी, ज्यालादारी मजदुर, श्रमजीवि अति आवश्यक व्यक्ति, परिवारलाई ४० हजार केजी चामल र ४ हजार केजी दाल वितरण गरिएको हो ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फिल्म उद्योगमा आश्रित न्यून आए भएका श्रमजीवि प्राविधिक, नृत्य कलाकारलाई नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा र सामाजिक फोरम तथा चलचित्र एवम् मनोरन्जन फोरममार्फत नेपाल चलचित्र प्राविधिक संघ र नेपाल चलचित्र नृत्य संघका सदस्यहरुलाई पनि तत्कालिन राहत स्वरुप एक हजार मन चामल र १ सय मन दाल उपलब्ध गराइएको बताए ।