मुम्बई(एजेन्सी) । चीनबाट विश्वभरी फैलिएको कोरोना भाइरसका कारण हजारौं मानिसको निधन भइसकेको छ । लाखौं मानिस संक्रमित छन् । लकडाउनका कारण अर्बौ मानिस घरभित्रै बन्धक छन् । निजी फार्म हाउसको क्वारेन्टाइनमा बसिरहेका बलिउड अभिनेता सलमान खानले आफूले तीन हप्तादेखि पिता सलीम खानलाई देख्न नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले सामाजिक सन्जालमा एक भिडियो राख्दै सबैलाई घरमै बस्नसमेत आग्रह गरेका छन् । भिडियोमा उनका भतिज र सोहेल खानका छोरा छन् । उनका पिता सलीम घरमा एक्लै छन् । सोहेलका छोरा निर्वाणले पनि पितालाई तीन हप्तादेखि देख्न पाएका छैनन् । सलमानले आफू कोरोनासँग डराएकाले बाहिर जान नपाएको बताएका छन् । ‘जो डराउँछ, त्यो मर्छ भन्ने भनाईलाई यो समयमा आफ्नो जिन्दगीमा लागु गर्नु सही हुँदैन । बहादुरीका साथ भन्नुपर्छ कि हामी डरायौं । यो समयमा जो डराउँछन्, सम्झनुहोस् कि ऊ बाच्यो र ऊसँग बसेको मानिस पनि बाँच्यो’, सलमानले भनेका छन् ।
सलमान अहिलेको समयमा कोरोना भाइरससँग डराउनुपर्ने बताउँछन् । कोरोना कारण फिल्म ‘राधे’को सुटिङ रोकिएपछि उनी परिवारका साथ पनेवलस्थित फार्म आउसमा छन् । जनता कफ्र्युका दौरान उनका पिता सलीम ग्यालेक्सी अपार्टमेन्टमा एक्लै देखिएका थिए ।
सलमानले कोरोना भाइरस विरुद्धको लडाईंमा फिल्म उद्योगका मजदुरका लागि आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन् । फेडेरेसन अफ वेस्टर्न इण्डियन सिने इम्प्लोयिज(एफडब्लुआइसीइ)का अनुसार सलमानले उद्योगका २५ हजार मजदुरलाई आर्थिक रुपले सहयोग गर्ने निर्णय लिइसकेका छन् ।