स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रोत्साहनमा सन्तोषको तिमी जन जनमा

काठमाडौं । महामारी र दैवी प्रकोप प्रकृतिको सिर्जना नै हो । मान्छेले नचाहँदा नचाहँदै पनि यो विपत्ती आइलाग्छ । यसै सेरोफेरोमा अहिले संसारमा नै कोभिड १९ नाम दिइएको कोरोना भाइरसले मानव जनजीवन अस्तव्यस्त बनाइदिएको छ । हजारौं मान्छेहरुको मृत्यु र लाखौ मानिस यस महामारीवाट संक्रमीत छन् ।

संसारभरका तीनै सवै स्वास्थ्यकर्मीहरु, प्रहरी सुरक्षाकर्मीहरु तथा सेनाहरुलाई उनीहरुको सत्कर्मको लागि प्रोत्साहित गर्ने हेतु संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको ‘तिमी जन जनमा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा गायिका वुनु श्रेष्ठ र गायक विश्व नेपालीले स्वर छ । गीतमा नरेश प्रधानको शब्द रचना, सन्तोष श्रेष्ठको संगीत रहेको छ । स्टुडियो साउन्ड मिलको अफिसियल युटयुव मार्फत सार्वजनिक गरिएको गीतमा संगीत संयोजन देवेन्द्र नेवा, ध्वनी मुद्रण÷मिश्रण महेश्वरमान राजभण्डारी र दृश्य मिश्रण विरेन्द्र भाट विपिनको रहेको छ ।