मोटोपनमा कोरोना संक्रमण छिटो

पेरिस(एजेन्सी) । यदि तपाईं मोटोपनको समस्यासँग जुधिरहनुभएको छ वा आलस्यताले तपाईंको शारीरिक वजनमा असर पु¥याएको छ भने सावधान रहनुहोला । किनकी नयाँ कोरोना भाइरसको खतरा मोटो मान्छेलाई बढी देखिएको छ । अमेरिकामा कोरोनाले मच्चाएको क्षतिको पछाडिको कारण पनि यसलाई नै मानिएको छ ।

विशेषज्ञका अनुसार कोरोना मोटोपन र अर्को रोगसँग लडिरहेका व्यक्तिलाई बढी खतरनाक छ । यी व्यक्तिले आफ्नो स्वास्थ्यलाई बढी ध्यानमा राख्न पनि सुझाव दिएका छन् । फ्रान्सका प्रमुख महामारी विशेषज्ञ डा. जीन प्रैmन्कोइसका अनुसार अमेरिकामा मोटोपन आम समस्या हो । त्यसकारण त्यहाँ बढी खतरा छ । त्यस्तै फ्रान्सको ६९ मिलियन जनसंख्यामा १७ मिलियन मानिसमा खतराको बादल मडारिएको छ । त्यसको कारण हो, बुढो उमेर, मोटोपन र पहिले नै कैयौं रोगबाट ग्रस्त । जीन फ्रान्सको साइन्टिफिक काउन्सिलका प्रमुख हुन् । जो कोरोना महामारीको विषयमा सरकारलाई सल्लाह दिइरहेका छन् ।

‘जसको वजन धेरै छ, उसले नै बढी सावधानी अपनाउनुपर्ने देखिएको छ । अस्पतालमा भर्ना भएका कोरोना भाइरस पीडित युवाको मृत्युदर करिब २ प्रतिशत थियो । जुन प्रतिशत अहिले ह्वात्तै बढेको छ । कोरोना केवल उमेर हेरेर मात्र आक्रमण गर्छ भन्ने सोचाईका युवाका लागि यो एउटा चेतावनी पनि हो,’उनले भनेका छन् ।

अमेरिकाको न्यूओरलियन्स र मेक्सिकोमा कोरोनाबाट भएको क्षतिमा मोटोपनालाई नै प्रमुख कारक मानिएको छ । एक अनुमान अनुसार अमेरिकामा ४२ प्रतिशत वयस्क र करिब १६ प्रतिशत बच्चा मोटोपनको समस्याबाट ग्रस्त छन् । मोटोपनले धेरै रोगलाई जन्माउने गरेको छ । यसमा टाइप २ डाइबिटीज, हर्ट अट्याक र केही प्रकारका क्यान्सर जस्तो खतरनाक रोग पर्दछन् ।