‘कोरोना भाइरस स्वाइन फ्लूभन्दा खतरनाक’

न्यूर्योक(एजेन्सी) । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरस सन् २००९ मा विश्वमा महामारी फैलाउने स्वाइन फ्लू भन्दा दश गुणा खतरनाक रहेको जनाएको छ । उसले नियन्त्रणको उपायलाई विस्तारै विस्तारै हटाउँदै जान पनि आव्हान गरेको छ । कोरोना भाइरसबाट विश्वमा मर्ने मानिसहरुको संख्या १ लाख बढी पुग्दा डब्लुएचओको यो भनाइ आएको हो ।

‘हामीलाई थाहा छ कि कोभिड १९ तिब्र रुपमा फैलिएको छ र हामीलाई यो पनि थाहा छ कि यो सन् २००९ को फ्लू महामारी भन्दा दश गुणा खतरनाक छ’ संगठन प्रमुख डा. टेड्रोस एडनमले जेनेभामा अनलाइन ब्रिफिङ भनेका छन् । कोरोनाबाट विश्वमा १८ लाख भन्दा बढी मानिस संक्रमित छन् र यो संक्रमण तिब्र रुपमा फैलिइरहेको छ ।

कोरोना भाइरसका कारण हालसम्म ब्रिटेनमा ११ हजार ३ सय २९, अमेरिकामा २२ हजार ८ सय ५८ र इटालीमा २० हजार ४ सय ६५ को मृत्यु भइसकेको छ । हालसम्म जति मानिसमा पोजिटिभ देखिएको छ, त्यसमध्ये ६ दशमलब ४ प्रतिशतको मृत्यु भइसकेको छ । डब्लुएचओका अनुसार स्वाइन फ्लूका कारण विश्वमा १ दशमलब १ प्रतिशत मानिसहरु संक्रमित भएका थिए ।