निन्द्राको समस्या झेल्दै चिकित्सक

बेइजिङ(एजेन्सी) । कोरोना भाइरसको चपेटामा यसबाट संक्रमित मानिस मात्र छैनन्, यो रोगको उपचारमा दिनरात नभनीकन खटिइरहने चिकित्सकलाई पनि मानसिक रुपमा बिरामी बनाएको छ । एक अध्ययन अनुसार चीनमा कोरोनाको उपचारमा जुटेका एक तिहाई मेडिकल कर्मचारीलाई निन्द्रा नआउने रोग इन्सोमनिया भएको छ । अनिन्द्रा महशुस हुने यिनीहरुलाई तनावको उत्तिकै सम्भावना रहेको अध्ययनले देखाएको छ । अध्ययनले मेडिकल स्टाफ संक्रमित व्यक्तिहरु बढी नजिक हुने गरेको पनि देखाएको छ ।

मेडिकल कर्मचारीहरुलाई आफूलाई पनि कोरोना संक्रमण फैलने हो कि भन्ने तनाव उत्तिकै छ । उनीहरुलाई आफ्नो कारणले परिवार तथा आफन्तमा संक्रमण फैलने त होइन भन्ने भय पनि उस्तै छ । यही डरका कारण उनीहरु सुत्न नसकेको पनि अध्ययनले देखाएको छ ।

यो अध्ययनका सहलेखक तथा चीनको सदर्न मेडिकल युनिभर्सिटीका प्राmेसर बिन झांगले आम रुपमा अस्पतालमा बिरामीहरु केही समयका लागि मात्र बस्ने गरेको बताए । यो अध्ययन १ हजार ५ सय ६३ जनामा गरिएको थियो । यो अध्ययनको समयमा चीनमा कोरोनाको प्रकोप चरम अवस्थामा थियो । वैज्ञानिकले सामाजिक सन्जाल प्लेटफर्म विच्याट मार्फत यो अध्ययन गरेका थिए ।