युट्युब च्यानल खोल्दै सलमान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान चाँडै नै आफ्नो युट्युब च्यानल सार्वजनिक गर्दैछन् । उनले च्यानलको नाम ‘बीइंग सलमान खान’ राखेका छन् । सलमान प्राय सामाजिक सन्जालका माध्यमबाट आफ्नो काम र निजी जिन्दगीको बारेमा फ्यानलाई जानकारी दिन्छन् । उनका प्रशंसक पनि सलमानका हरेक गतिविधि सामाजिक सन्जालमा आउन भन्ने चाहन्छन् ।

समाचार अनुसार सलमान आफ्नो युट्युब च्यानलमार्फत आफ्नो निजी जिन्दगीसँगै केही रोचक कुरालाई फ्यानमाझ साझा गर्न चाहन्छन् । उनको चाहना युट्युबबाट आफ्ना फ्यानलाई सलमानका बारेमा अझ भित्री कुरा थाहा होस् भन्ने हो ।

यसबीचमा सलमानले आफ्नो प्रशंसक तथा फलोअर्सलाई कोरोना भाइरसको बारेमा जानकारी दिनका लागि हरेक प्रयास गरिरहेका छन् । हालै मात्र उनले कोरोना भाइरस ट्वीस्टका साथ सन् १९८९ मा रिलिज फिल्म ‘मैंने प्यार किया’को एक रोमान्टिक दृश्यलाई पुन सिर्जना गरेका थिए । जसलाई उनका फ्यानले निकै मनपराएका थिए ।