लकडाउनमा प्रेमिका भेट्दा एक महिना जेल

सिड्नी(एजेन्सी) । अष्ट्रेलियामा एक ३५ वर्षे युवकले आफ्नी प्रेमिकालाई भेट्न लकडाउन उल्लंघन गर्दा ठूलो सजाय पाएका छन् । जोनथान नामका ती युवकलाई स्थानीय सरकारले एक महिनाको जेल सजाय सुनाएको छ । अष्ट्रेलियामा लकडाउन उल्लंघन गरेको आरोपमा जेल सजाय भएको यो पहिलो घटना हो ।

अष्ट्रेलिया प्रहरीका अनुसार जोनाथन डेविडलाई एक महिना अघि पर्थको एक होटलमा आगोबाट बच्न र अनिवार्य क्वारेन्टाइन उल्लंघनको आरोपमा पक्राउ गरेको थियो । पर्थको मजिस्ट्रेट कोर्टले मंगलबार आफूले खाने कुरा लिनका लागि कानूनको मजाक उठाएको बताएका थिए । उनले केही घण्टापछि आफू प्रेमिकालाई भेट्न जाँदा लकडाउन उल्लंघन गरेको स्वीकारेका थिए । उनले आफूले प्रेमिकालाई मिस गरेको पनि खुलाए ।