कोरोनाबारे चेतना जगाउँदै आतंकवादी संगठन !

वासिङ्टन(एजेन्सी) । पुरा विश्वको सरकार कोरोना भाइरसको महामारीका विरुद्ध एक जुट भइरहेको छ । कैयौं देशमा सशस्त्र बागी, आतंककारी समूह, लागुऔषध माफिया र समानान्तर सरकार चलाउने अन्डरवल्र्डमा पनि यो भाइरसको त्रास कम छैन । कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि अफगानिस्तानमा तालिवानले सुदूर प्रान्तमा स्वास्थ्यकर्मीको टोली पठाएको छ । त्यस्तै मेक्सिकोमा लागु औषध माफिया गरिब र अत्यावश्यक सामाग्री चाहिने मानिसलाई सहयोग गरिरहेका छन् ।

ब्राजील र अल–सल्वाडोरमा संक्रमण रोक्नका लागि अन्डरवल्र्डले कफ्र्यू लगाएको छ । आम मानिसको सहयोगका लागि उनीहरुले गरेको यो काम पहिलोपटक होइन । केही संगठनले सरकारको विफलता देखाउनका लागि त केहीले आफ्नो वर्चस्व कायम राख्नका लागि यो काम गरेका हुन् । सोमालियामा अलकायदासँग जोडिएको अलशबाबले यो महामारी देशमा हमला गर्ने मानिसहरुले फैलाएको आरोप लगाएको छ ।

उता इस्लामिक स्टेट यो महामारीबाट निकै खुशी छ । उसले आफ्ना मानिसलाई दुश्मनमाथि हमला गर्न तयार रहन निर्देशन दिइसकेको छ । यमनमा हाथी विद्रोहीले साउदी अरबमाथि कोरोना भाइरसविरुद्धको मास्क एयरड्रप अर्थात विमानबाट पठाएको आरोप लगाएको छ । पूर्वी अफगानिस्तानमा अफगानी सरकार र तालिबानबीच करिब दुई दशकदेखि संघर्ष चलिरहेको छ ।

तालिबानले मानिसहरुका लागि स्वास्थ्य सेवा उपलब्ध गराएको छ । बारदाक प्रान्तको एक प्रान्तीय परिषदका सदस्यले कोरोना भाइरसको लक्षण देखिएका मानिसहरुलाई मात्र क्वारेन्टाइनमा पठाइरहेको बताएका छन् । तर तालिबानले इरानबाट हालै आएका सबै मानिसलाई क्वारेन्टाइन पठाएको छ । तालिबानले आफ्नो इलाकामा आएका गाडीलाई रोकेर कोरोना भाइरसका विरुद्ध जागरुक बनाउन थालेको छ । तालिबानको कामको अमेरिकी विदेश मन्त्रालयले पनि तारिफ गरेको छ । यस्तै ब्राजीलका केही माफिया संगठनले मानिसहरुलाई आफ्नो भलाईका लागि घरमै बस्न चेतावनी दिएको छ । उनीहरुले ह्वाट्सएपमार्फत त्यस्ता सन्देशहरु पठाइरहेका छन् ।