एनटीआरसँग जोडिँदै सञ्जय

मुम्बई(एजेन्सी) । बलिउड स्टार सञ्जय दत्तको ध्यान आजकल दक्षिण भारतीय फिल्मतिर जान थालेको छ । दक्षिण भारतीय फिल्मका स्टार एनटीआरसँग उनको सहकार्यको विषयलाई लिएर अहिले बलिउडमा चर्चा छ । राजनीतिक कथाको नयाँ फिल्ममा सञ्जय महत्वपूर्ण भूमिका निभाउँदैछन् ।

समाचार अनुसार तेलुगु सुपरस्टार एनटीआर जुनियरको फिल्म ‘अयनानू हस्तिनाकू पोयी रावाले’मा सन्जयको प्रवेशको सम्भावना बलियो छ । यस विषयमा आधिकारिक पुष्टी हुन बाँकी छ । फिल्मको निर्देशन त्रिविक्रम श्रीनिवासले गर्नेछन् । फिल्ममा फिमेल लिड रोलका लागि बलिउड अभिनेत्री जाह्नवी कपूर र पूजा हेंगडेलाई प्रस्ताव गरिएको छ

यसअघि सञ्जय ब्लकब्लस्टर फिल्म ‘केजीएफ’को सिक्वेल ‘केजीएफ २’का महत्वपूर्ण भूमिकामा देखिँदैछन् । यो फिल्ममा यश लिड रोलमा छन् । यसै फिल्ममार्फत सञ्जयले दक्षिण भारतीय फिल्ममा डेब्यू गरेका हुन् । ‘केजीएफ २’मा सञ्जयको भूमिका कस्तो छ भनेर केही खुलाइएको छैन । समाचार अनुसार फिल्ममा उनको भूमिका एक्सन किसिमको छ । यो फिल्म तमिल, तेलुगु, हिन्दीलगायतका कैयौं क्षेत्रीय भाषामा रिलिजको तयारी हुँदैछ । फिल्म अक्टोबरमा रिलिज हुँदैछ ।

एनटीआर हाल एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा व्यस्त छन् । यो फिल्म सन् २०२१ को जनवरीमा रिलिज हुँदैछ । यो फिल्ममा राम चरन पनि प्रमुख भूमिकामा छन् । यसबाहेक आलिया भट्ट र अजय देवगनलाई पनि यो फिल्ममा देख्न सकिन्छ ।  सञ्जयको दक्षिण भारतीय फिल्मसँगको सम्बन्ध ‘प्रस्थानम’बाट गरेका थिए । दक्षिण भारतीय फिल्मको यो रिमेक भर्सन उनले आफ्नै होम प्रोडक्सनबाट बनाएका थिए । राजनीतिक पृष्ठभूमिमा आधारित यो फिल्ममा देवा कट्टाको निर्देशनमा थियो । फिल्ममा ज्याकी श्राफ, मनिषा कोइराला, अली फÞजÞल, सत्यजीत दुबे र चंकी पाण्डेको अभिनय थियो ।