कोरोना असरः एक्लिदै वृद्धवद्धा

लण्डन(एजेन्सी) । ब्रिटेनको ओल्ड एज होममा बस्ने ७० वर्षीया एलेन येट्सका लागि यो समय निकै कठिन समय हो । एलेनमा फोक्सो, दमजस्ता समस्या छन् । उनी हिँडडुल गर्न सक्षम छैनन् । उनका पति माइकल ब्रिटेनका रोयल पायनियर कर्पस् सैनिक थिए । सन् २००४ मा हृदयघात, त्यसपछि ब्रेन हेमरेजका कारण उनको स्वास्थय खराब हुँदै गयो ।

यो दम्पती एक ओल्ड एज होममा दोस्रो व्यक्तिको सहारामा बाचिरहेका छन् । तर कोरोना भाइरसको महामारीका कारण माइकल र उनकी पत्नी एलेन जस्ता वृद्धवृद्धालाई झन संकट बढ्दै गएको छ । कोरोना भाइरसबाट यूरोप अहिले सर्वाधिक प्रभावित भइरहेको छ । यूरोपका प्रायः सबै देशमा लकडाउन छ । जसले गर्दा मानिसहरु घरबाहिर निस्कन पाएका छैनन् । जसकारण माइकल र एलेनका छोराछोरी उनीहरुको अवस्था बुझ्न आउन सकेका छैनन् ।

एक तथ्यांक अनुसार ब्रिटेनमा मात्र चार लाख बढी मानिस केयर होममा बस्दछन् । यूरोपिय मुलुकमा कोरोनाको सबैभन्दा ठूलो कहर ओल्ड एज होममा परेको छ । इटली, फ्रान्स, स्पेन र ब्रिटेनका यी ओल्ड एज होमका आधा भन्दा बढी वृद्धवृद्धा यो समयमा अस्पतालमा छन् । परिवारबाट निकालिएका वृद्धवृद्धा यी ओल्ड ऐज होममा बाँकी जीवन जिउने कोशिस गरिरहेका थिए, तर कोरोनाले उनीहरुलाई अकाल मृत्युतिर धकेलिदिएको छ ।

खाली भइरहेको ओल्ड एज होम देखाउँदै त्यहाँ बस्ने अन्य मानिसहरु दिनानुदिन भावुक भइरहेका छन् । ब्रिटेनको लिभरपूलमा रहेको एक केयर होममा बस्ने ६४ जनामध्ये ६ जनाको निधन भइसकेको छ भने बाँकी ४४ जनालाई पनि संक्रमणको कारण अस्पताल भर्ना गरिएको छ । केयर होमका कर्मचारीले एकसाथ त्यति धेरै संख्यामा वृद्धवृद्धालाई कोरोना पोजेटिभ देखिनु निकै डरलाग्दो अवस्था रहेको बताए ।

‘हामी सबैले यतिसम्म अवस्था खराब होला भन्ने कहिल्यै सोचेका थिएनौं । स्टाफको कमीका कारण हामीले अझ समस्या झेल्नु परिरहेको थियो । लकडाउनका कारण बाहिरी अस्पतालमा जान पनि समस्या भइरहेको छ’, एलेन भन्छिन् । एलेनले परिवारबाट निकालिएका वृद्धवृद्धामा जीवन जिउने इच्छा नरहेको दाबी गर्छिन् । जसकारण धेरै वृद्धवृद्धा कोरोनाका कारण पनि डिप्रेसनमा परिरहेका छन् ।