मास्कवाली युवतीको पेन्टिङ चर्चामा

लण्डन(एजेन्सी) । कोरोना भाइरसको महामारीको समयमा इंग्ल्याण्डका एक गुमनाम स्ट्रीट कलाकार बंक्सीको एक भित्ते पेन्टिङ निकै चर्चित भइरहेको छ । उनले बनाएको पेन्टिङमा एक युवती ब्रिस्टोलको अलबियोन डक्समा एक ठूलो फेस मास्क लगाइरहेको देखाइएको छ । इंग्ल्याण्डमा ब्रिस्टोललाई कलाकारको घर मानिन्छ । यो पेन्टिङ जोनास वरमीरको चित्रबाट प्रभावित छ ।

फेस मास्कवाला पेन्टिङ सन् २०१४ को अब्टूबर महिनामा सार्वजनिक भएको थियो । तर अहिले यो पेन्टिङ कोरोना भाइरस महामारीको सन्दर्भमा शेयर भइरहेको छ । गत साता पनि बंक्सीले नयाँ र ताजा फोटोग्राफको सिरिज पोस्ट गरेका थिए ।

उनले आफ्नो बाथरुम भित्रको पनि पेन्टिङ बनाएर सबैसामु राखेका छन् । उनले आफ्नो बाथरुम स्टाललाई मुसाले छोपेका छन् । पेन्टिङमा मुसालाई हरेक स्थानमा घुम्दै गरेको देखाइएको छ । उनले यो पेन्टिङको क्याप्सनमा ‘उनी श्रीमतिलाई उनको घरमा काम गर्न मनपर्दैन’ भनी लेखेका छन् ।

कोही कलाकारले सामाजिक टिप्पणी गर्नका लागि मुसाको प्रयोग गरेको यो पहिलोपटक होइन । पेन्टिङमा मुसालाई सन्देश पुर्याउने जन्तुका रुपमा प्रयोग गरिएको छ ।