कोरोनाको इपिसेन्टर वुहानमा विवाहको उत्साहजनक लहर

बेइजिङ(एजेन्सी) । चीनको वुहान सहरमा ७६ दिनको लकडाउन हटेपछि यस्तो लाग्दैछ कि जिन्दगी अब सही ट्रयाकमा आउँदैछ । त्यसैकारण हुनसक्छ यहाँका युवामा अहिले विवाहको लहर चलेको छ । यहाँको मेरिज रजिस्ट्रेशन अफिस र वेडिङ फोटोग्राफी स्टूडियोमा आजकल निकै भीडभाड देखिन्छ ।

वुहान त्यही शहर हो, जहाँबाट कोरोना भाइरसको शुरुवात भयो र अहिले यसले विश्वव्यापी महामारीको रुप लिइरहेको छ । लकडाउन खुलेपछि यहाँ कुनै पनि दिनलाई विवाहको उत्तम दिन मानिन थालिएको छ । अविवा वेडिङ फोटोग्राफी स्टुडियोमा गत मंगलबार आफ्नी हुनेवाला श्रीमति लिएर आएका आएल्यु जिंग निकै उत्साहित देखिन्थे । ‘मेरी हुनेवाला श्रीमति अहिले पनि म्यारिट सर्टिफिकेटका लागि मिति छनोट गरिरहेकी छन् । तर म उनीसँग अहिले नै विवाह गर्न चाहन्छु । यदी हामी लकडाउनमा सँगै रहन सक्छौं भने सारा जिन्दगी सँगै रहन सक्छौं’, उनले भनेका छन् ।

वुहानमा जोडीहरुले जनवरीमा नै विवाहको बुकिङ गरेका थिए र मार्चमा मेरिज रजिस्ट्रेशन अफिसमा जाने निर्णय लिएका थिए । तर लकडाउनका कारण यस्तो हुन पाएन । यहाँ २३ जनवरीमा नै लकडाउनको घोषणा गरियो । अहिले जिंगकी हुने वाला श्रीमति चेन सीलाई फोटोसेसनको दौरान सुरक्षाको विषयलाई लिएर चिन्ता भइरहेको थियो । किनकी उनीहरु सम्भवत मास्क लगाएर फोटो खिच्न चाहँदैनन् । तर यस्तो अवस्थामा उनीहरुमध्ये कोही कोरोना संक्रमित भएको अवस्थामा उनीहरुलाई नै समस्या पर्न सक्छ । चेनले आउटडोर सुटिङको लोकेशनको समयावधि घटाएर दुईबाट एकदिनलाई गरेका छन् ।

यो फोटोग्राफी स्टुडियोका मेनेजर गुओ जियोफेन लकडाउनपछि विवाहको फोटोका लागि धेरै माग आएको छ किनकी जसको विवाह सुनिश्चित भइसकेको थियो, उनीहरु अहिले विवाह गर्दैछन् । ‘तर हामी एक दिनमा दुई वा तीन जोडीलाई मात्र सेवा दिन्छौं । जबकी पहिला एक दिनमा १६ जोडीलाई सुविधा दिन्थ्यौं’, उनले भनेका छन् ।
फोटोस्टुडियोले बुहानको लेण्डमार्कमा सुटिङ रद्द गरेको छ । त्यहाँ अहिले भीड हुने भएपछि स्टुडियोले फोटोसुट रोकेको हो । वुहानमै केही व्यक्तिहरु आफ्नो विवाहलाई कोरोनाविरुद्धको लडाईको रुपमा यादगार बनाउन चाहन्छन् ।