इन्टरनेटमा कनिकाको सर्वाधिक खोजी

मुम्बई(एजेन्सी) । गत मार्चको अन्त्यसम्म बलिउड गायिका कनिका कपुरलाई ‘बेबी डोल’ गायिकाका रुपमा चिनिन्थ्यो । उनी एक पाश्र्वगायिकाका रुपमा चर्चित थिइन्, तर जब उनमा कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आयो, त्यसदिन पछि उनको जीवनमा बदलाव नै आयो । जसकारण उनी विवादमा पनि मुछिइन् ।

यी गायिकालाई लखनऊ प्रहरीले लापरवाहीका लागि मुद्धा दर्ता नै गर्यो । त्यसपछि उनको बारेमा आम मानिसमा झनै उत्सुकता बढ्यो । वास्तवमा कनिका गत महिना यति चर्चामा आइन कि उनले प्रियंका चोपडा र रजनीकान्त जस्ता सुपरस्टारलाई अनलाइन खोजीमा पछाडि पारिदिइन् । सर्च इन्जिन याहुद्वारा जारी एक विज्ञप्ती अनुसार उनी ‘मस्ट सर्चड सेलिब्रेटी’ थिइन् ।

‘लकडाउन भन्दा अघि भारतमा अनलाइन सामाजिक सन्जालमा प्रियंका चोपडा मस्ट सर्चड फिमेल सेलिब्रेटी थिइन्, तर जसै गायिका कनिका कपूरको रिपोर्ट कोरोना भाइरस पोजेटिभ आयो, उनी यो सूचीको शीर्ष स्थानमा पुगिन् । वास्तवमा कनिका कपूर ‘बेबी डोल’ र ‘चिट्टियाँ कलाइया’ जस्ता चर्चित गीतका लागि चिनिन्छन् । उनी सबैभन्दा बढी खोजिएकी फिमेल सेलिब्रेटी नभई लकडाउनको समयमा पुरुष र महिला दुबै सेलिब्रेटीमा सबैभन्दा बढी खोजिएको सेलिब्रेटी हुन्’, याहुले विज्ञप्तीमा भनेको छ । कनिका कोरोना भाइरसको पोजेटिभ टेस्ट हुने पहिलो भारतीय सेलिब्रेटी हुन् । त्यसकारण पनि उनको विषयमा आम मानिसमा उत्सुकता थियो ।