अमेरिकी आइडलका दिवेशको अपिल

काठमाडौं । अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’मा विभिन्न चारणहरु पार गर्दै अगाडि बढिरहेका नेपाली युवा दिवेश पोखरेलले आफूलाई जिताउन भोटको अपिल गरेका छन् । दिवेशले आफ्नो फेसबुक पेजमार्फत सबै फ्यानहरुलाई भोट गर्न अपिल गरेका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै संसारभरका संगीतप्रेमीको मन जितेका दिवेशलाई जिताउन भोटिङको अभियान पनि सुरु गरिएको छ । उनका परिवार र साथीभाइहरुसहित नेपाली फ्यानहरुले उनका लागि भोट गर्न अपिल गरिरहेका छन् ।

दिवेशका लागि भोटिङ आइतबारदेखि खुल्ला भएको छ । आउँदो अप्रिल २९ तारिखसम्म उनलाई भोट गर्न पाइनेछ । दिवेशले फेसबुक पेजमा एउटा भिडियो सन्देश जारी गर्दै भोटिङका लागि अपिल गरेका छन् । एकजना ब्यक्तिले ३ फरक फरक तरिकाले ३० पटकसम्म भोट गर्न पाउने ब्यबस्था गरिएको छ ।

मोवाइल एसएाएस पठाएर, अमेरिकन आइडलको मोवाइल एपमार्फत तथा अमेरिकन आइडलको वेबसाइटमार्फत गरी ३ तरिकाले भोट गर्न सकिनेछ । प्रत्येक तरिकाबाट बढीमा १० भोट गर्न पाइनेछ । भोटिङ गर्ने विस्तृत तरिका दिवेशले फेसबुक पोस्ट र भिडियो सन्देशमा बनाएका छन् ।