लकडाउनमा साकिरालाई दर्शनशास्त्रमा डिग्री

लण्डन(एजेन्सी) । कोलम्बियन गायिका साकिराले लकडाउनको समयलाई उपलब्धिमूलक बनाएकी छन् । उनले यो समयमा अमेरिकाको पेन्सिलवेनिया यूनिभर्सिटीबाट प्राचीन दर्शनशास्त्रमा सर्ट टर्म डिग्री कोर्ष पुरा गरेकी छन् । साकिरा हाल दुई सन्तान र फूटबलर पति जेरार्ड पीकेका साथ स्पेनस्थित घरमा बस्दै आएकी छन् ।

‘मैले केही दिन पहिला नै पेन्सिलवेनिया युनिभर्सिटीमा चार हप्ताको प्राचीन दर्शनशास्त्रको ग्रेजुएट कोर्ष पुरा गरेकी छु । मलाई थाहा छ कि मेरो शोख निकै अव्यवहारिक छ । तर बच्चा सुतेपछि म यो काम गर्न सफल भएकी छु । पछिल्लो एक महिनाको समयमा मिलेको सबै किसिमको खुशीका लागि दार्शनिक प्लूटो र उनका पूर्ववर्तीहरुलाई धन्यवाद दिन चाहन्छु’, साकिराले ट्वीटेकी छन् ।

साकिराले यो ट्वीटमा कोर्ष पुरा गरेपछि प्राप्त गरेको सर्टिफिकेटको तस्बिर पनि राखेकी छन् । सुपरहिट गीत ‘हिप्स डन्ट लाई’ गायिका साकिराले गत महिना सामाजिक सन्जालमा लकडाउनलाई उद्देश्यपरक बनाउनका लागि आफूले पाठ्यक्रमलाई पुरा गर्ने निर्णय लिएको बताएकी थिइन् ।