लण्डन(एजेन्सी) । बेलायती राजकुमार विलियम हालै बीबीसीको कार्यक्रम ‘द बिग नाइट इन’ मा स्टीफ फ्राईका साथ देखिए । यो कार्यक्रमबाट विलियमले आफ्नो कमेडी डेब्यूको शुरुवात गरे । उनी कमेडी गरेर कोरोना भाइरसका लागि अर्थ जुटाउन चाहन्थे ।
शोमा विलियमले सन् १९८० को दशकका सिटकोम ब्लेकलाडरको स्केचमा आफ्नो भूमिका निभाए । जबकी स्टीफन फ्राई लोर्ड मेलचेटको भूमिकामा देखिए । एपिसोडमा विलियमले शाही परिवारको बारेमा कुराकानी गरे र आफ्नो मजाक पनि बनाए । यो शो एक क्लासिक कमेडी शो हो, जसमा प्रिन्स विलियम एक अलग अन्दाजमा देखिएका थिए ।
केन्सिङटन दरबारले आफ्नो आधिकारिक इन्स्टाग्राम पेजमा ‘बिग नाइट इन’ले कोभिड–१९ को महामारीका समयमा दया, हास्य, आशा र कठिन समयमा आफूलाई सम्हाल्नका लागि भावनाको उत्सव मनाउन सिकाउने गरेको’ उल्लेख गरेको छ । यो गतिविधि एक च्यारिटीका लागि पैसा जुटाउनका लागि गरिएको पहिलो हिस्सा थियो ।
साथै फ्राई र विलियमको यो प्रयास नेशनल हेल्थ सर्विस(एनएचएस)का कर्मचारीको कामको सराहनाको एक कोशिस थियो । यो भिडियो सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ ।