नेपथ्यका अमृतलाई नाँच्ने रहर

काठमाडौं । लोकरक व्याण्ड ‘नेपथ्य’ नेपाली सांगीतिक क्षेत्रको व्यस्त व्याण्ड हो । सामाजिक सन्देशमूलक कन्सर्टका लागि यो व्याण्ड नेपालका विभिन्न सहर पुगिरहन्छ । विश्वमा छरिएका लाखौं नेपालीमाझ उत्तिकै चर्चित यो व्याण्डका प्रमुख गायक हुन्, अमृत गुरुङ ।

विश्व अहिले कोरोना भाइरसको महामारीमा छ । त्यही महामारीबाट बच्नका लागि नेपालसहित विश्वका कैयौं देशमा लकडाउन छ । लकडाउनका कारण मानिसहरु घरभित्रै बसिरहेका छन् । गायक अमृत गुरुङ पनि अहिले घरमै बसिरहेका छन् । सामाजिक सन्जालमा सक्रिय भइरहने अमृतले सोमबार ट्वीटरमा कन्सर्टमा आफू नाँच्दै गरेको तस्बिर पोस्ट गरेका छन् ।

स्टेजमा आफू नाँच्दै दर्शक नचाउन खप्पिस यी गायकलाई अहिले लकडाउनका कारण त्यो नाच देखाउन नपाएको पीडा उनको ट्वीटबाट झल्किन्छ । तस्बिरको क्याप्सनमा उनले ‘यसरी छमछम्ती नाच्न मुन लैसक्यो… अब कहिले होला ? यी तस्बीरमा अटाएकाहरु चिन्नुभए ट्याग गरिदिनु सप्लाई यो चीसो झरीमा न्यानो सम्झना …’ भन्दै लेखेका छन् ।

उनको ट्वीटमा रिट्वीट गर्दै उत्तम बज्राचार्यले ‘दाइले लकडाउनबाट छमछम नाचेको भिडियो पोस्ट गर्नु नि, अनि सारा नेपालीहरु ताल मिलाएर छमछम नाचिदिन्छन्, वेइटिङ फर सच भिडियो’ लेखेका छन् ।