चुम्बन गर्दै अस्ताए वृद्ध जोडी

लण्डन(एजेन्सी) । विवाहको समयमा विवाहित जोडी सँगै जिउने र मर्ने कसम खान्छन् । तर यस्तो भाग्यशाली क्षण कमै मानिसलाई मात्र मिल्छ अर्थात् उनीहरु जसरी सँगै जिएका हुन्छन्, त्यसरी नै सँगै मर्ने मौका पाउँछन् ।

यस्तै एक घटना ब्रिटेनमा भएको छ । यहाँको एक अस्पतालमा कैरल क्लीमन र हार्वी क्लीमन एकैदिन भर्ना भएका थिए । उनीहरु दुवैले एकैदिन संसारबाट बिदा पनि लिए । हार्वी र कैरल ४० वर्षदेखि सँगै थिए ।

क्लेमनकी छोरी फ्रान्सिसले आफ्नो मातापिता सेप्टेम्बर महिनामा विवाहको ४० औं वर्षगाठ मनाउने तयारी गरिरहेको बताइन् । ‘तर मैले उहाँहरुलाई अस्पतालमा एकअर्कालाई अन्तिम पटक चुम्बन गरिरहेको देखें । म यो कुरामा खुशी थिएँ कि उहाँहरु जीवनको अन्तिम क्षणमा पनि एकअर्कालाई हेरिरहनुभएको थियो’, उनले भनेकी छन् ।

७८ वर्षीया कैरोल मुटुका बिरामी थिए । कैरोल त्यही दिन अस्पताल भर्ना भए जुन दिन उनका ८३ वर्षे पति हार्वे कोरोना भाइरसका कारण अस्पताल पुगे । हार्वेलाई कोरोना भाइरसको कुनै लक्षण देखिएको थिएन, तर पनि उनी अस्पताल भर्ना हुनुपर्यो ।