नरेन्द्र मोदीलाई मुन्नीको व्यंग्य

मुम्बई(एजेन्सी) । सन् २०१५ मा रिलिज सलमान खान स्टारर फिल्म ‘बजरंगी भाइजान’लाई दर्शकले निकै मनपराए । कबिर खान निर्देशित फिल्ममा ‘मुन्नी’ अर्थात हर्षाली मल्होत्राको चरित्र दर्शकका लागि विशेष बन्यो । फिल्ममा उनको संवाद नभए पनि उनको शारीरिक हाउभाउले दर्शकको मन जितिन् ।

हर्षाली अहिले सामाजिक सन्जालमा निकै सक्रिय छिन् । हालै उनले इन्स्टाग्राम एकाउन्टमा आफ्नो एक टिकटक भिडियो पोस्ट गरेकी थिइन् । भिडियोमा उनले ‘३ मेमा मोदी फेरी आउनेछन् र भन्नेछन्, ‘मित्रहरु, मैले शून्य लगाउन भुलेछु । लकडाउन ३० मेसम्मलाई हो’ भनेकी छन् । उनको यो शैलीलाई इन्स्टाग्राम प्रयोगकर्ताले निकै रुचाएका छन् ।

लकडाउनमा समय काट्न गाह्रो भइरहेका बेला हर्षालीलाई अहिले टिकटकले समय कटाउने बाटो देखाइदिएको छ । ‘कोहीसँग अनिल कपूरको नम्बर छ ? मिष्टर इण्डियावाला घोडा चाहिएको थियो, केही समयका लागि बाहिर जानुपर्ने थियो’, उनले यो टिकटक बनाएपछि मज्जाले हाँसेकी छन् ।

फिल्म ‘बजरंगी भाइजान’ मा पाकिस्तानी केटी मुन्नीको भूमिकामा अभिनय गरेर चर्चामा आएकी हर्षालीले कैयौं टेलिभिजन सिरियलमा पनि अभिनय गरेकी छन् । उनले कैयौं विज्ञापनमा पनि काम गरिसकेकी छन् । अभिनयका अलावा गायनमा पनि रुची राख्ने हर्षाली भविष्यमा आफू सलमान खानजस्तो सुपरस्टार बन्न चाहेको बताउँदै आएकी छन् ।