क्रिकेट र चंगाका सौखिन इरफान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता इरफान खानको निधनमा उनको गृहनगर जयपुरका बालसखा शोकमग्न छन् । बालसखाहरु इरफानको निधन आफूहरुका लागि अपत्यारिलो मानिरहेका छन् । इरफानको निधनसँगै उनीहरुका बालसखालाई बाल्यकालतिर पु¥याएको छ ।

इरफानको पुरानो घर जयपुरको सुभाष चोक इलाकामा पर्दछ । यही घरमा इरफानले आफ्नो बाल्यकाल बिताए । यहाँ बस्दै आएका इरफानका बाल्यकालिन साथी अनीस तकवी यति चाँडो आफ्नो साथीले छोडेर जाला भन्ने कसैलाई नलागेको बताउँछन् । ‘इरफानलाई बाल्यकालदेखि नै अभिनयको सोख थियो । म इरफानसँग नियमित रुपमा फिल्म हेर्न जान्थें । फिल्म हेरिसकेपछि फिल्मको बारेमा समीक्षा गर्थ्यौं,’ अनीसले भनेका छन्, ‘एकदिन हामी शोले हेर्न गएका थिए । त्यो फिल्म हेरेर आएपछि फिल्मका प्रत्येक दृश्यमा अभिनय गथ्र्यौ । इरफान नसीरूद्दीन, गिरिश कर्नाड, फारुख शेख र ओम पुरीको अभिनयबाट बढी प्रभावित थिए । त्यसकारण ऊ उनीहरुकै फिल्म बढी हेथ्र्यो ।’

इरफान चंगा उडाउन उत्तिकै रुची राख्थे । मुम्बईमा बस्दा पनि उनी विशेष समय निकालेर जयपुरमा चंगा उडाउन पुग्थे । उनी क्रिकेटको पनि शौखिन थिए । उनका साथीहरुका अनुसार विद्यालय आएको समयमा पनि उनी क्रिकेट खेल्न निस्कन्थे । इरफानको परिवारको सम्बन्ध शाही परिवारसँग थियो । उनका पिता जमिन्दार भएकैले पनि आफ्नो पहुँच शाही परिवारसम्म पु¥याएका थिए ।