प्रभावनको पापी दाई सार्वजनिक

काठमाडौं । डिएआर मुभिज एण्ड फिल्म्स्ले गायक प्रभावन जेको पञ्चे बाजा लोकदोहोरी गीत ‘पापी दाई’ बजारमा आएको छ । निरन्तर रुपमा सांगीतिक क्षेत्रमा लागि परेका प्रभावनले समय अनुसार सांगीतिक प्रस्तुतिहरु श्रोता र दर्शकलाई दिँदै आएका छन् ।

पछिल्लो केहि समयदेखि सामाजिक चेतनामुलक गीत तथा भिडियोमा जोड दिँदै आएका प्रभावनले दिदीबहिनीलाई घरबाट अन्माएर पठाउदाको पारिवारिक स्थितिलाई समेटेर ‘पापी दाई’ ल्याएका हुन् ।

गीतमा गायिका गीतादेवीले स्वरमा साथ दिएकी छन् । गीतमा धनपति दाहालको शब्द संकलन, प्रभावनको लय र भुवन प्रकाश बडूको एरेन्ज छ । भिडियोमा जीवन गौतम, पुजा पाठक र नारायण दंगालको अभिनय छ भने जयन्द्र कुँवरको छायांकन र विवेक सुनारको सम्पादन छ ।