अबरामले रुचाएनन् शाहरुखको गीत

मुम्बई(एजेन्सी) । कोरोना भाइरसबाट प्रभावितका लागि आर्थिक सहयोग गर्न जोकोही पनि अग्रमोर्चामा आइरहेका छन् । मानिसहरु आफ्नो इच्छा अनुसार अलग अलग किसिमबाट आर्थिक सहयोग गरिरहेका छन् । बलिउडका सेलिब्रेटीहरुले कोरोना प्रभावितको सहयोगका लागि अनुदान सहयोग गरेपछि अब उनीहरु आर्थिक संकलन जम्मातिर लागेका छन् ।

यसै परिप्रेक्ष्यमा गए राती ‘आइ फर इण्डिया’ नामको कार्यक्रममा बलिउडका सेलिब्रेटीहरुले सहभागिता जनाएर आर्थिक संकलन गरेका छन् । बलिउडका बादशाह अर्थात शाहरुख खानले पनि यो कार्यक्रममा सहभागिता जनाएर एउटा गीत गाए । यो गीतमा उनका छोरा अबराम पनि देखिए । शाहरुखले कार्यक्रममा ‘सब सही हो जाएगा’ बोलको गीत गाएका थिए । यो गीतमा लकडाउनको समयको अवस्थालाई वर्णन गरिएको थियो । यो गीत धेरै मानिसका लागि आशाको एक किरण जस्तै रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो गीतको भिडियोमा छोरा अबरामले पनि नृत्य गरेका छन् । गीतको अन्त्यमा अबरामले शाहरुखलाई गीत गाउन रोकेका छन् ।

यो भिडियो शेयर गर्दै ‘सबै सही हुनेछ । यसको संगीत, शब्द र अबेर रातसम्म काम गर्नका लागि म आइ फर इण्डिया, बादशाह र साइनी राजलाई भित्री हृदयबाट धन्यवाद व्यक्त गर्दछु । सम्पादनका लागि सुनीललाई धन्यवाद । तपाईंहरु सबैको कारणले मैले यो गाउन सकें । अब भाइहरु लकडाउनमा मेरो गीत पनि झेल्नुपर्नेछ । अबरामले पनि अब धेरै भयो पापा, सबै सही हुनेछ’ भन्दै लेखेका छन् ।

यो कार्यक्रममा ८५ भन्दा बढी भारतीय हलिउड कलाकारको सहभागिता थियो । जसमा विल स्मिथ, आमिर खान, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, अक्षय कुमार, आलिया भट्ट, अनिल कपूर, अनुष्का शर्मा, दुल्कर सलमान, फराह खान, ऋतिक रोशन, करण जौहर, करीना कपूर खान, कैटरीना कैफ, किरण राव, माधुरी दीक्षित, प्रियंका चोपड़ा जोनस, राणा दग्गुबाती, रानी मुखर्जी, रणवीर सिंह, सैफ अली खान, शबाना आजमी, शाहरुख खान, टाइगर श्राफ, वरुण धवन, विक्की कौशल, विद्या बालन, विशाल भारद्वाज र जोया अख्तरलगायत थिए ।