एकमात्र ग्राहक आउने अनौठो रेष्टुरेन्ट

स्टकहोम(एजेन्सी) । कोरोना भाइरसका कारण विश्वभर रहेका रेष्टुरेन्टहरु बन्द भएका छन् । यस्तो अवस्थामा बन्द भएको रेस्टुरेन्टलाई खोल्नका रेष्टुरेन्टका सञ्चालकहरुले आफ्नै शैली अपनाउन थालेका छन् । यसैक्रममा स्वीडेनमा आफ्नै शैलीको एक अनौठो रेष्टुरेन्ट खुलेको छ । यो रेष्टुरेन्ट खोल्नका लागि सामाजिक दुरीलाई पनि ध्यान दिइएको छ । रेष्टुरेन्ट मैदानको बीच भागमा खोलिएको छ । जहाँ एक टेबल राखिएको छ । रेष्टुरेन्ट सञ्चालकले सामाजिक दुरी कायम गर्नका लागि टेबललाई बीच भागमा राखिएको जनाएका छन् । स्वीडेनमा कोरोना भाइरसको संक्रमण संख्या २२ हजार बढी छ । यहाँ २ हजार ७ सय ६९ मानिसको मृत्यु भइसकेको छ ।

यो रेष्टुरेन्टमा एक दिनमा एकजना मात्र ग्राहकले खाने कुरा खान पाउँछन् । त्यसकारण पनि रेष्टुरेन्टमा एउटा मात्र टेबुल राखिएको छ । रेष्टुरेन्टमा ग्राहकलाई खान लिएर वेटर जाँदैनन् । त्यसका लागि एउटा डालोलाई डोरीमा बाँधिएको छ र उसको अर्डर अनुसारको खानेकुरा त्यसमा हालेर पठाइन्छ । यो रेष्टुरेन्टको नाम नै टेबल फर वान राखिएको छ । टेबल फोर वानमा आएर खाना खान चाहनेका लागि कम्तीमा ५ दिनको प्रतिक्षा गर्नुपर्छ । यो रेष्टुरेन्टको आगामी मे १० मा उद्घाटन गरिनेछ र अगष्ट १ मा ग्राहक ल्याउने योजना रेष्टुरेन्टको छ । ग्राहकले प्रयोग गरेका भाडावर्तनलाई दुईपटक धोइदिनेछ भने टेबुल पनि सेनिटाइज गरिएको छ ।

यो रेष्टुरेन्टको मेन्यू रेसमसले तयार पारेका हुन् । जो आफैमा एक सेफ हुन् । यो रेष्टुरेन्टमा आउने ग्राहकले अनेक किसिमका खानेकुरासँगै मदिरा पनि लिनसक्नेछन् । आर्थिक अवस्था राम्रो नहुने वर्गका लागि यो रेष्टुरेन्ट उपयुक्र्त हुने जानकारहरु बताउँछन् । ‘यो विश्वको एक मात्र कोभिड १९ सुरक्षित रेष्टुरेन्ट हुनेछ । रेष्टुरेन्टमा सरसफाईको विशेष ख्याल राखिनेछ । टेबललाई दिनमा दुईपटक सेनिटाइज गरिनेछ । साथै भाडाकुँडा पनि पटक पटक धोइनेछ’, रेष्टुरेन्टका मालिक लिण्डा भन्छन्, ‘खानेकुरा तयार भइरहँदा हाम्रो ध्यान पाहुनामात्र हुन्छ । ताकी पाहुनाको अनुभव कोभिड १९ मुक्त होस् ।’

यस्ता रेष्टुरेन्ट विश्वका अन्य केही स्थानमा पनि छन्, जुन आफैमा अनौठा किसिमका छन् । यस्ता रेष्टुरेन्टमा खानेकुराको मेनू र अन्य कुरा विशेष किसिमका हुन्छन् । मुम्बई, चीन, गुरूग्राम जस्ता स्थानमा खुलेका रेष्टुरेन्टमा यस्तै किसिमका विशेषता छन् । केही मानिसहरु रेष्टुरेन्टमा खानका लागि भन्दा पनि त्यहाँको शैली हेर्न पुग्छन् । केही भने रेष्टुरेन्टको विशेष खानेकुरा खान पुग्छन् । जुन खानेकुरा खाँदा उनीहरु गर्वको अनुभव गर्छन् ।