कोरोनाविरुद्ध उदाहरणीय हङकङ

हङकङ(एजेन्सी) । कोरोना भाइरसविरुद्धको लडाईंमा हङकङले हालसम्म राम्रो प्रदर्शन गरेको छ । पछिल्लो १४ दिनमा यहाँ नयाँ संक्रमणको मामला आएको छैन । हङकङमा पुनः कोरोनाको रफ्तार बढ्नसक्ने आशंका गरिए पनि सरकारी प्रयासले यो आशंकालाई गलत साबित गरिदिएको छ । पछिल्लो केही हप्तामा जुन किसिमले महामारी नियन्त्रण गर्नका लागि हङकङले कदम उठाएको छ, त्यो कदम सारा विश्वका लागि कसरी कोरोना संक्रमणको खतरालाई सीमित दायरामा ल्याउन सकिन्छ भन्ने एक उदाहरण हुनसक्छ ।

कोरोना भाइरसको पुनः फैलन सक्ने आशंकालाई मध्यनजर गर्दै हङकङले तुरुन्तै कैयौं निर्णय लिएको छ । जस्तो कि गैर हङकङेली मानिसलाई प्रवेशमा रोक लगाउनु, यात्रीलाई स्थानीय विमानस्थलबाट आवतजावत गर्न रोक लगाउनु र सहर आउने सबैलाई क्वारेन्टाइन र जाँच अनिवार्य लागु गरिनुले पनि कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

त्यस्तै जो मानिसलाई होम क्वारेन्टाइनमा राखिएको छ, तिनीहरुलाई इलेक्ट्रोनिक ब्रेसलेट लगाइएको छ । ताकि उनीहरुलाई सजिलै चिन्न सकियोस् । यी उपायको फाइदा यो भयो कि संक्रमणको मामला विस्तारै घट्दै गयो । पछिल्लो दुई सातामा कोरोनाको एउटा केस पनि अस्पताल पुगेको छैन । यसअघि फेब्रुअरी र मार्चमा सरकारले केही गम्भीर निर्णय लिएको थियो ।

सरकारले मदिराको विक्री रोक्नाका साथै जिम र खेलकुदका गतिविधि बन्द गरेको थियो । कैयौं रेष्टुराँ र क्याफे पनि बन्द थिए, खुलेका रेष्टुराँ र क्याफेमा सामाजिक दुरीको नियम कडाईका साथ पालन गराइएको थियो । जबकी हङकङमा लकडाउन, स्टे एट होम जस्ता आदेश जारी गर्नुपरेन । शुरुवाती समयमा यो यो काम नगर्दा हङकङको आलोचना गरिएको थियो । तर जसरी हङकङमा कोरोनाको रफ्तार सुस्त भयो, सरकारको निर्णयको पनि सबैले सराहना गर्न थाले । हङकङमा २० अप्रिलदेखि केवल १५ जना मात्र नयाँ संक्रमित फेला परेका छन् । उनीहरुले यो संक्रमण हङकङ बाहिरबाटै ल्याएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ संक्रमितको साथ हङकङमा संक्रमितको कुल संख्या १ हजार ४१ पुगेको छ । जसमा चार जनाको निधन भइसकेको छ ।

कोरोनाको नियन्त्रण पछि हङकङको जनजीवन सामान्य बनिरहेको छ । गत सोमबार सरकारले टेनिस कोर्ट जस्तो मनोरन्जक र अन्य खेलस्थल खुला गरेको छ । साथै ड्राइभिङ लाइसेन्स टेस्ट र विकलांग तथा वृद्धका लागि सामुदायिका सेवा पनि शुरु भएको छ । यद्यपि विद्यालय पूर्ण रुपमा बन्द छ भने बच्चाहरु अनलाइन शिक्षा लिइरहेका छन् । तर अधिकारीहरु यो गर्मीको बिदा अघि शैक्षिक वर्षको अन्तिममा केही हप्ताका लागि स्कुललाई पुनः सञ्चालन गर्ने कुरामा विचार गरिरहेका छन् ।