कोरोना संकटमा थाइ राजाको सुन्दरी मोह

बैंकक(एजेन्सी) । कोरोना भाइरसको महासंकटका बीच थाइल्याण्डका राजा महा वाजिरालोंगकोर्न ऊर्फ राम दशम २० सेक्स सोल्जर महिला लिएर जर्मनी गएका छन् । यी राजा जर्मनीको एक आलिशान होटलमा सेक्स सोल्जरका साथ रहनेछन् । सबै महिलालाई सेनाको दर्जा दिइएको छ । यसअघि थाइ राजा केही समयका लागि थाइल्याण्ड फर्किएका थिए र कोरोना पीडितसँग भेटघाट गरेर पुनः जर्मनी गएका हुन् ।

जर्मनीको पत्रिका बिल्डका अनुसार महा वाजिरालोंगकोर्न ऊर्फ राम दशमले दक्षिणी जर्मनीको अल्पाइन होटलमा शरण लिएका छन् । यो होटललाई थाइल्याण्डका राजाको महल जस्तै सजाइएको छ । राजा महाले होटलको चौथो तला बुक गरेका छन् । यो होटलमा राजाको आनन्दका लागि एक विशेष किसिमको कोठा बनाइएको छ । यो कोठामा २० सेक्स सोल्जर्सका साथ राजाले मनोरन्जन लिने बताइएको छ ।

राजाको कोठालाई थाइल्याण्डबाट विशेष रुपमा मगाइएको सुन र चाँदीको बहुमूल्य धातुबाट सजाइएको छ । बिल्डको रिपोर्ट अनुसार राजा महाको सेक्स सोल्जर्सलाई सैन्य युनिटको रुपमा भेला गरिएको छ । यसलाई ‘सास’ भनिन्छ । यो ब्रिटेनको स्पेसल फोर्स जस्तै हो, यसको उद्देश्य नै जित्नु हुन्छ । समाचार अनुसार थाइल्याण्डका राजालाई जर्मनीमा राजशाही छुट छ । त्यसकारण उनको कुनै पनि काममा जर्मन सरकारले हस्तक्षेप गर्दैन् । यी राजाको २० अर्ब डलर सम्पत्ति छ । राजाले जर्मनीको यो होटल एक वर्ष अघि नै बुक गरेका थिए ।

कोरोना संकटको समयमा राजाले देश छोडेर विदेश गएपछि थाइल्याण्डका हजारौं नागरिकहरु आक्रोशित छन् । उनीहरुले सामाजिक सन्जालमा राजाको आलोचना गरिरहेका छन् । थाइल्याण्डमा राजालाई भगवानको संज्ञा दिइन्छ र राजाको आलोचना गर्नेलाई १५ वर्षको जेल सजाय सुनाइन्छ । थाइल्याण्डमा सामाजिक सन्जालमा ‘हामीलाई राजाको के जरुरी’ ट्रेड चलेको छ ।

थाइल्याण्डका राजाले आफ्नो राजतिलक भन्दा केही समय अघि आफ्नो सुरक्षाकर्मी सुथिदा तिदजईसँग विवाह गरेका थिए । उनलाई बौद्ध र ब्राह्मण समारोहमा आधिकारिक रुपमा ताज लगाइएको थियो । राजा वाजिरालोंगकोर्नले यसअघि तीन विवाह गरेका थिए, जसबाट ७ सन्तान छन् । उनले तीनै श्रीमतिसँग सम्बन्धविच्छेद गरिसकेका छन् ।