मनमोहन अस्पताल भर्ना

नयाँदिल्ली(एजेन्सी) । भारतका पूर्व प्रधानमन्त्री एवं काँग्रेस नेता मनमोहन सिहंको छाती दुखाई बढेपछि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ । काँग्रेस प्रवक्ता जयवीर शेरगिलले यो खबरको पुष्टि गरेका छन् ।

शेरगिलले ट्वीटरमा एक ट्वीट गर्दै पूर्व प्रधानमन्त्री सिंहको स्वास्थ्य लाभको कामना गरेका छन् । काँग्रेस पार्टीको आधिकारिक ट्वीटर हेन्डलबाट पनि पूर्व प्रधानमन्त्रीको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

आरजेडी नेता लालूप्रसाद यादवले पनि ट्वीटरमार्फत सिंहको स्वास्थ्यलाभको कामना गरेका छन् । कांग्रेस नेता अजय माकनले पनि सिंहको चाँडो विसेकको कामना गरेका छन् । मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री भएका थिए ।