पुनम पाण्डे प्रेमीसहित पक्राउ

मुम्बई(एजेन्सी) । बलिउड नायिका तथा मोडल पुनम पाण्डेलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मोडललाई आफ्नो प्रेमी सैम अहमदसँग मरीन ड्राइवमा पक्राउ गरेको हो । प्रहरीले दुवैलाई लकडाउन उल्लंघनको आरोप लगाएको छ । दुवैजना लकडाउनको समयमा कारमा घुम्न निस्किएका थिए । प्रहरीले उनीहरु चढेको बीएमडब्ल्यू कार पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले दुवैका विरुद्ध नेसनल डिजास्टर मेनेजमेन्ट एक्ट अनुसार मुद्धा दर्ता गराएको छ । ‘मरीन ड्राइव प्रहरी कार्यालय छेउबाट राती ८ बजे पूनम शोभनाथ पाण्डेको विरुद्ध राष्ट्रिय आपदा प्रवद्र्धन अधिनियमको अनुसार मुद्धा दर्ता गरिएको हो । साथै उनीहरुको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ’, प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बलिउडमा पुनमले आफ्नो पहिचान बोल्ड भिडियो र तस्बिरका कारण बनाइन् । उनी इन्स्टाग्राममा निकै सक्रिय छिन् र फ्यानका लागि भिडियो तथा फोटो सेयर गरिरहन्छिन् । लकडाउनका समयमा उनी लगातार आफ्नो बोल्ड भिडियो शेयर गरिरहन्थिइन् । यस्ता भिडियोमा भ्यूज पनि राम्रो छ । सन् २०११ मा भारतले वल्र्डकप क्रिकेट जितेमा आफू नग्न हुने बताएपछि उनी चर्चामा आएकी थिइन् ।