मानिसको पिसाबले चन्द्रमामा कंक्रीट

बर्लिन(एजेन्सी) । नासाका वैज्ञानिकहरुले चन्द्रमाको बारेमा मानिसहरुलाई लगातार नयाँ नयाँ जानकारी दिइरहेका छन् । उनीहरु चन्द्रमामा मानव जीवन सम्भव छ या छैन भन्ने कुराको खोजी गरिरहेका छन् । यूरोपीय स्पेस एजेन्सीले मानिसको पिसाबले कंक्रिट बनाएर त्यसलाई चन्द्रमामा लगिने दाबी गरेको छ ।

एजेन्सीले चन्द्रमामा कंक्रीट बनाउन मानिसको पिसाब उपयोगी तत्व हुने जनाएको छ । अध्ययनकर्ताले हालै गरेको एक अध्ययनमा पिसाबमा पाइने प्रमुख तत्व यूरियाले चन्द्र कंक्रीटको मिश्रण बनाउन सकिने देखाएको छ । त्यसको अन्तिममा चन्द्र कंक्रिटलाई बलियो कंक्रिटमा ढाल्न सकिनेछ । यदी यसो हुन सकेमा चन्द्रमामा मान्छेको घर बनाउने सपना पुरा हुने दाबी अनुसन्धानकर्ताहरुको छ ।

कंक्रीट बनाउनका लागि आवश्यक माटो चन्द्रमामा रहेको वैज्ञानिकहरुले बताएका छन् । पिसाबमा भएको यूरियाले हाइड्रोजन बोन्ड्सलाई तोड्ने वैज्ञानिकको दाबी छ । जसमा फ्लूइड मिश्रणको चिपचिपेपनलाई कम गराउने विश्वास उनीहरुको छ । यसमा कंक्रीट बनाउनका लागि पानीको कम आवश्यकता पर्दछ ।

समाचार अनुसार पिसाबको रुपमा १ दशमलब ५ लिटर वेस्टबाट यो काम गर्न सकिन्छ । जसकारण चन्द्रमामा उपलब्ध कंक्रीटको प्रयोगले पृथ्वीबाट कंत्रीट लैजानुपर्ने समस्या कम हुन्छ । पृथ्वीमा यूरियालाई औद्योगिक उर्वरकका रुपमा प्रयोग गरिन्छ । ‘आशा छ कि अन्तरीक्ष यात्रीहरुको पिसाबलाई भविष्यमा चन्द्रमामा थोरै परिवर्तनका लागि प्रयोग गरिनेछ’, अध्ययनका सह–लेखक मार्लीस एर्नहोफ भनेका छन् ।