काठमाडौं । गायक तथा संगीतकार अभय ढुंगेल यतिबेला अमेरिकामा छन् । मौलिक पूर्वेली लोकभाकालाई टपक्क टिपेर सदाबहार गीत बनाउन सक्षम अभयले नयाँ गीत ‘नाँचौं छमछम’ बोलको पूर्वेली जुहारी गीत दर्शकमाझ ल्याएका छन् ।
‘मनपर्ने एउटी साली छ’, ‘सुपारी जाईको माला’ ,‘आकाशैमा’ जस्ता चर्चित तथा सदावहार गीतका सर्जक तथा गायक ढुंगेलको पछिल्लो गीतमा ढुंगेलसँगै राजशुक्र लिम्बु, रुस्मा राई र फुङमा तुम्रोक लिम्बुले स्वर दिएका छन् ।
मनोरञ्जन नेपालको यूटुव च्यानलबाट सार्वजनिक भिडियोमा उमेश राई (फुलन्देकी आमा), निरन्जली लामा, शिशिर श्रेष्ठ र शशिकला राईको मौलिक नृत्य हेर्न पाईन्छ । भिडियो निर्देशन शिशिर श्रेष्ठ गरेका छन् । गायक तथा लोक संकलक अभय लोक गायक नबिन ढुंगेलका छोरा हुन् ।