कसलाई हेर्न मन छ नालापानी–लिपुलेक ?

काठमाडौं । भारतले नेपालको सुदुरपश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि अहिले नेपालमा त्यसको सम्पूर्ण नेपालीले खुलेरै विरोध गरेका छन् । भारतले पटक पटक नेपाली भूमि मिच्दै आइरहँदा गायक अस्मिन घिमिरेले ‘मलाई नालापानी–लिपुलेक हेर्न मन छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा घिमिरेकै शब्द तथा कपिल घिमिरेको संगीत छ । गीतमा प्रकाश केसीको एरेन्ज छ । भिडियोमा दीपकराज गिरि, दीपाश्री निरौला, सलोन बस्नेत, निर्मल शर्मा, शोभित बस्नेत, बद्रि पगेनी, जयकिसन बस्नेत, जाहन्वी बस्नेत, अनुप भट्टराई, अर्जुन भुषाल, उत्सव अधिकारी, पुस्कर लामा, काब्य कार्की, दीपकराज पाठक, सुदिर नेपाल, कृष्ण भट्टराई, अस्मिन घिमिरेको अभिनय रहेको छ ।

रबि अधिकारीको कन्सेप्ट रहेको भिडियोमा भोला सुवेदी(आरजे प्रनप)को निर्देशन तथा सम्पादन छ । राजिव बस्नेत र भोला सुबेदीको छायांकन रहेको भिडियोमा उषा थापाको निर्माण छ । सार्वजनिक भिडियो नमस्ते फिल्मी टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो