कोरोना कहरमा म्यासेन्जर खोल

काठमाडौं । गायकगायिकाहरु गौरव गिरी, अर्जुन सुनाम, दिपसागर थापा, छविलाल कौशल, नारायण राई, गिताञ्जली श्रेष्ठ, पुर्ण संयोग, कुमारी चेपाङ, टिका पुन, पुजा क्षेत्री, विष्णुकुमारी गिरीको स्वरमा रहेको कोरोना सम्बन्धी गीत ‘म्यासेन्जर खोल’को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा नेपाली जनताले भोगेको वास्तविक पिडालाई गीतमा समेटिएको छ । गीतमा गरिबीको चपेटामा परेका परिवारको कथा व्यथालाई देखाइएको छ । लकडाउनमा परेको पीडा र राष्ट्रले भोगेको समस्यालाई गीतमा दर्शाइएको छ । गौरव गिरीको शब्द तथा लय सिर्जना छ ।

दिनेश मुस्कानको छायांकन, चेतन सागरको सम्पादन तथा गौरव गिरीको निर्देशन रहेको भिडियोमा दिनेश मुस्कान र सरस्वती शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।