क्वालालम्पुर(एजेन्सी) । कोरोना भाइरसको बहाबलाई मध्यनजर राख्दै मलेशिया सरकारले सबै पर्यटकका लागि नयाँ नियम लागु गरेको छ । जस अनुसार मलेशिया जाने सबै पर्यटकको अनिवार्य क्वारेन्टाइन हुनुपर्नेछ ।
मलेशिया सरकारका वरिष्ठ मन्त्री इस्माइल साबरी याकूबले जो व्यक्ति मलेशिया आएपनि उसले क्वारेन्टाइन बस्नुपर्ने बताए । मलेशिया यात्रा गर्नु अघि सहमति पत्रमा पर्यटकले हस्ताक्षरसमेत गर्नुपर्ने उनको भनाई छ । ‘जून १ बाट यो नियम लागु हुनेछ । मलेशिया कोभिड १९ लाई फैलनबाट रोक्नका लागि विदेशबाट आएका सबैको अनिवार्य रुपले क्वारेन्टाइन गरिनेछ’, उनले भने । समाचार अनुसार मलेशियाली मानिस क्वारेन्टाइन सेवाको आधा लागत भुक्तान गर्नेछन्, जबकी गैर मलेशियन पतिपत्नी र उनका परिवारले क्वारेन्टाइन सेवाको पुरा लागत भुक्तान गर्नुपर्नेछ ।
मन्त्री साबरीले अध्यागमन विभागले सरकारको नयाँ नियम आम मानिसमा प्रचार गर्नका लागि भूमिका खेल्ने बताए । ‘अध्यागमन विभागले सबै एयरलाइन्स कम्पनीलाई एक निर्देशन जारी गर्नेछ । जसमा मलेशियामा उत्रने सबै यात्रुहरुलाई पत्र दिएर नियमको बारेमा जानकारी दिनेछ’, उनले भनेका छन् ।
मलेशियामा कोरोना भाइरस संक्रमणको आँकडा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ हालसम्म ७ हजार ९ मामला दर्ता भएका छन् भने मृतकको संख्या १ सय १४ पुगेको छ । संक्रमणबाट डिस्चार्ज हुनेको संख्या ५ हजार ७ सय ६ रहेको छ ।