मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘राधेः योर मस्ट वान्टेड भाई’ यही इदमा रिलिज हुने तयारीमा थियो । तर कोरोना भाइरसको विश्वव्यापी महामारी र जारी लकडाउनका कारण सलमानको फिल्म रिलिज हुन पाएन । अब सलमान आफ्नो फिल्मलाई यसै वर्षको क्रिसमसमा रिलिज गर्ने सोचमा छन् ।
सलमानको यही सोचले कार्यान्वयन हुने हो भने यो दिन उनको फिल्मको भीडन्त बलिउड मिष्टर परफेक्टसनिष्ट आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’सँग हुनेछ । यो फिल्मले यसअघि नै क्रिसमसलाई भनेर रिलिज मिति घोषणा गरिसकेको छ । तर कोरोना भाइरसका कारण फिल्मको रोकिएको सुटिङ कहिलेबाट शुरु हुने टुंगो छैन ।
फिल्मले रिलिजको नयाँ मिति घोषणा नहुन्जेलसम्म अहिलेलाई क्रिसमसमै रिलिज हुने निश्चित प्रायः छ । तर यसको फाइदा सलमानको फिल्मलाई हुनसक्छ, किनकी यही इदमा रिलिज हुने फिल्म लकडाउनकै कारण सुटिङ पुरा नभएपछि अब लकडाउन खुलेपछि त्यसलाई पुरा गर्नेछन् ।
फिल्म सम्बद्ध स्रोतका अनुसार सलमानको फिल्मको सुटिङको काम १० प्रतिशतमात्र बाँकी छ । जसकारण जसै लकडाउन खुल्छ, फिल्मको सुटिङ पनि शुरु हुन्छ । हाल भने फिल्मको खिचिएका दृश्यको सम्पादनको काम भइरहेको छ ।