कोरोना महामारीमा आइएसआइएस खुशी

काबुल(एजेन्सी) । आतंकवादी संगठन आइएसआइएसबाट कोरोना भाइरसको विषयमा एउटा अनौठो कुरा बाहिर आएको छ । उसले भगवानले आतंककारीका ‘दुश्मन’लाई मार्नका लागि पृथ्वीमा कोरोना भाइरस पठाएको दाबी गरेको छ । उसले कोरोना संक्रमितलाई भगवानले सजाय दिएको व्यक्तिका रुपमा चित्रण गरेको छ ।

आइएसआइएसले कोरोना महामारी आउनु आफ्नो लागि खुशीको कुरा भएको बताएको छ । इन्स्टाग्रामबाट यो आतंकवादी संगठनले कोरोनाको विषयमा भिडियो अपलोड गरिएको छ । यो भिडियो अबु हमजा अल कुरैशीको तर्फबाट अपलोट गरिएको जनाइएको छ । अबु आइएसआइएसका प्रवक्ता हुन् । सञ्जालमा ३३ मिनेटको भिडियो अपलोड गरिएको थियो । भिडियोमा ‘आक्रमणकारी जान्न चाहन्छन् कि आखिर कसले जित्छ’ भन्ने शीर्षक राखिएको छ ।

‘भगवानले आफ्नो इच्छाले तानाशाह र उसको समर्थनकलाई सजाय दिने फैसला गरेका छन् । जसलाई नांगो आँखाले देख्न सकिँदैन् । आज हामी भगवानको यो निर्णयबाट खुशी छौं’, उनले भनेका छन् ।