विनयको कसलाई यस्तो माया ?

काठमाडौं । गायक विनय कार्कीको स्वरमा रहेको गीत ‘तिम्रो मेरो मेरो माया’ सार्वजनिक भएको छ । सविन लामाको शब्द, विनयकै कम्पोज तथा एरेञ्ज, अशोक महर्जनको मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गौरभ गिरीको निर्देशन रहेको भिडियोमा उमेश सोनाम, अस्मी श्रेष्ठ, सन्दिप शाह फिचर्ड छन् । दीपक गिरीको छायांकन रहेको गीतको भिडियोलाई आरोही इन्टरटेनमेन्टले सम्पादन गरेको हो ।

विनयले भ्याइस अफ नेपालमा आफ्नो उत्कृष्ट प्रस्तुतिमार्फत सबैको मन जितेका थिए । गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ ।