लिपिस्टिकको प्रवद्र्धनमा चिनियाँ युवक

बेइजिङ(एजेन्सी) । हालसम्म तपाईंहरुले कुनै महिला मोडलले लिपिस्टिकको प्रचार गरिरहेको देख्नु भएको होला । तर चीनमा यस्तो जिम्मेवारी एक पुरुषलाई दिइएको छ । विश्वकै महंगो लिपिस्टिकको प्रदर्शनी र त्यसलाई प्रख्यात बनाउने काम लाई चाइकी नामक युवकले गर्दै आएका छन् । उनले लिपिस्टिकको मोडलिङमा निकै लोकप्रियता पाएका छन् ।

उनलाई आजकल लिपिस्टिकको राजा र आइरन लिप्स पनि भन्न थालिएको छ । उनको काम विश्वकै महंगो ब्राण्डको लिपिस्टिकको परीक्षण गरेर त्यसलाई प्रख्यात बनाउनु हो । सामाजिक सन्जालमा उनी निकै लोकप्रिय छन् । चाहे टिकटक देवनको होस् या अन्य सामाजिक सन्जाल नै किन नहुन्, लीलाई मनपराउने सामाजिक सन्जाल प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो छ । उनी जुन लिपिस्टिकलाई मनपराएर आफ्नो ओठमा लगाउँछन्, त्यसको लोकप्रियता बढ्ने गर्दछ । लिपिस्टिक बनाउने कम्पनीहरुले पनि लीको कामले आफ्नो उत्पादनको वृद्धिमा सहयोग पुगेको बताउछन् ।

परम्परागत संस्कृतिमा रमाउने चीनमा मेकअपलाई महिलाको क्षेत्र मानिन्छ । कुनै पुरुषको क्यारियरमा मेकअपलाई प्रयोग गर्नु नोक्सानी नै व्यहोर्नु हो । लीले लिपिस्टिकको प्रयोगबाट आफ्नो करियर शुरु गर्दा धेरैले उनको कामलाई पागलको संज्ञा दिएका थिए । उनीहरुले महिलाले प्रयोग गर्ने लिपिस्टिकलाई पुरुषले प्रयोग गर्दा त्यसको आकर्षण घट्ने सोचाई थियो । तर उनले मानिसहरुको सोचाइलाई गलत साबित गरिदिए ।

अहिले धेरै कम्पनीहरुले उनलाई आफ्नो ब्राण्डलाई प्रवद्र्धन गर्न अनुबन्ध गरेका छन् । लिपिस्टिकका यी बादशाह कहिले त ७ देखि ८ घण्टासम्म लाइभमा हुन्छन् । उनी एक सेशनमा कैयौं दर्जन लिपिस्टिकको टेस्ट गर्छन् । त्यसपछि उनी आफ्नो समीक्षा सामाजिक सन्जालमा भन्ने गर्दछन् ।