लकडाउनमा डक्टर पाइलट्सको सरकारी जागिर

काठमाडौं । झन्डै १४ वर्षको लामो अन्तराल पछि सांगीतिक समूह ‘डक्टर पाइलट्स’ले नेपाली सांगीतिक क्षेत्रमा पुनरागमन गरेको छ । समूहले आफ्नो पुरानो चर्चित नेपाली गीत ‘सरकारी जागिर’ लिएर सांगीतिक क्षेत्रमा पुनरागमन गरेको हो । यस समूहले आफ्नो १ दशकको समयमा ५ वटा गीति एल्बम बजारमा ल्याएका थिए । त्यसमध्ये ‘ए होइ’, ‘मनसून’, ‘सरकारी जागीर’ लोकप्रिय गीत हुन् ।

प्राय सदस्यहरु पढाईको सिलसिलामा विदेशीएपछि यो समूह केहि समयको लागि निस्क्रिय जस्तो देखिएको थियो । तर, अहिले लकडाउनको समयलाई सदुपयोग गर्दै नेपाल, अमेरिका, अस्ट्रेलिया, लण्डन, बेल्जियममा रहेका समूह सदस्यहरु मिलेर सांगीतिक यात्रालाई पुनःसुचारु गर्न नयाँ शैलीमा आफ्नो गीत नयाँ युटूब च्यानल तथा फेसबुकबाट प्रसारण गरेका छन् ।

आगामी दिनमा यस ब्याण्डले आफ्नो नयाँगीतहरु पनि नेपाली श्रोताहरु माझ पस्किने तयारी गरि रहेको बताएका छन् । आफू जहाँ रहे पनि नेपाली संगीतिलाई आफुले नबिर्सिएको र निरन्तर माया गरिरहने उनीहरु बताउँछन् ।