एक चिलिमले बले प्रेममा

काठमाडौं । गायक केशब भावुकको नयाँ गीत ‘एक चिलिम’को भिडियो सार्वजनिक भएको छ । विगत २ महिनादेखि पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु निराश, हताश भएको बेला गायक भाबुकले यस गीतमार्फत छोटो जिन्दगीमा चिन्ता , पीर नलिएर रमाइलो गरेर बिताउन सुझाब दिएका छन् ।

गीतमा स्वर, शब्द र संगीत स्वयम गायक भाबुकको रहेको छ । उनलाई स्वरमा साथ गायिका बेनुका राईले दिएकी छिन् । विनय केटुले गीतको संगीत संयोजन गरेका हुन् । भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र सायसा फिचर्ड छन् । डान्सिङ बिटको भिडियोलाई सुमन तामाङले कोरियोग्राफी गरेका हुन् । रामकुमार केसीले भिडियो छायांकन गरेका हुन् । गोविन्द गुरुङ ‘ज्याक’को लगानीमा निर्माण भएको भिडियोमा विज्ञान राईको सम्पादन र निर्देशन छ ।

खोटाङमा जन्मेर काठमाडौंमा संगीतमा संघर्ष गर्दै आफुलाई स्थापित गर्ने कोसिसमा रहेका गायक भाबुकका ’दुख्छ मुटु’, ‘छाडेपनि यो हावा बहन’, ‘कस्को भरमा’ लगायतका दर्जन बढी म्युजिक भिडियो र सयौ गीतहरु सार्वजनिक भइसकेका छन् ।